अबको संसद् बैठकमा संघीय निजामती सेवा ऐन पेश हुन्छ : मन्त्री मोदी


१५ चैत्र २०७९, बुधबार
amanlal modi
फाइल फोटो

काठमाडौं । संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय पालिकाले जनताको चाहना बमोजिम काम गर्नुपर्ने बताएका छन् । न्यायीक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन अवसरमा बोल्दै मन्त्री मोदीले कयौं वर्षदेखि अड्किएको संघीय निजामती सेवा ऐन अन्तिम चरणमा पुर्‍याइएको बताएका हुन् । अब अर्को संसद् बैठकमा संघीय निजामती सेवा ऐन पेश हुने बताए ।

मन्त्री मोदीले भने, ‘स्थानीय पालिकाले जनताको चाहना बमोजिम काम गर्नुपर्छ । संघीय निजामती सेवा ऐन ल्याउने लक्ष्य लिए,सबैको सुझाव लिएर एउटा प्रक्रियामा पुर्‍याए । कानुन र अर्थ मन्त्रालयमा सहमतिका लागि पुगेको छ ।’

उनले श्रेणीगत कि तहगत भन्ने विवाद अन्त्य गरी तहगत लागू गरिने बताए । ऐनमा उमेरहद ६० वर्ष राखिएको उनको भनाइ छ । मोदीले भने, ‘स्थानीय तहको विकट ठाउँमा कोहि कार्यकारी जान नचाहने अवस्था छ । त्यो कार्यकारी अधिकृत हुँदैन भनेर त कहिले राख्नुपर्‍यो भनेर आउँछ । ’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७