राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त


१६ चैत्र २०७९, बिहीबार
sunil thapa
फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको जानकारी दिएका छन् ।

कांग्रेसका पूर्व सहमहामन्त्री थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । राप्रपाका संस्थापक नेता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए ।

गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित सुनिल मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भएको स्रोतले जानकारी दिएको छ । राष्ट्रपति पौडेलले बिहीबार मात्र आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् ।

यसअघि राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे र सचिवमा चीरञ्जीवी अधिकारी नियुक्त भएका थिए । यस्तै राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्व सचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७