आईपीएलमा चेन्नईलाई हराउँदै गुजरातको विजयी शुरुवात


१८ चैत्र २०७९, शनिबार
jsbcs 1536x1024 1

काठमाडौं । डिफेण्डिङ च्याम्पियन गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजनमा विजयी शुरुवात गरेको छ ।

शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा गुजरातले चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । चेन्नईले दिएको १७९ रनको लक्ष्य पछाएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसैगरी आईपीएल अन्तर्गत आज दुई खेल हुँदैछ । पञ्जाव किंग्स र कोलकाता नाइटराइडर्स बीचको पहिलो खेल दिउँसो ३ः४५ बजेबाट शुरु हुनेछ । लखनऊ सुपर जाएंट्स र दिल्ली क्यापिटल्स बीचको दोस्रो खेल राति ७ः४५ बजेबाट शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७