सत्तारुढ नागरिक उन्मुक्तिले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने


२० चैत्र २०७९, सोमबार
ranjita shrestha BY85bJ8w8P

काठमाडौं । सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार दिने भएको छ ।
१० दलीय सत्ता गठबन्धनमा रहेको उन्मुक्तिले कुनै पनि दललाई समर्थन नगरी आज तनहुँ–१, बारा–२ र चितवन–२ मा उम्मेदवारी दर्ता गर्ने बताइएको छ ।

उन्मुक्तिले तनहुँ– १ मा भीम सुनार, चितवन–२ मा राजेश अधिकारी र बारा–२ मा रिजवान अन्सारीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

बैशाख १० गते हुने उपनिर्वाचनको लागि आज सो क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेबाट साँझ ५ बजेसम्म समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७