चितवनका कांग्रेस नेता जगन्नाथ पौडेल भन्छन्, ‘मेरो समर्थन रास्वपालाई’


२० चैत्र २०७९, सोमबार
Rabi jaganath

चितवन । चितवन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

आज (सोमबार) बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रविले उम्मेदवारी दर्ता गराएका हुन् । यसैबीच चितवनका नेपाली कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले सो क्षेत्रमा रविलाई सघाउने भएका छन् । पौडेलले रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन् ।

‘यहाँ सबैको हात बाँधिएका छन् । तर म स्वतन्त्रताप्रेमी व्यक्ति हुँ । लामो समय आन्दोलनमै जीवन बित्यो । अब छोटो समयमा परिवर्तनको आवश्यकता छ । त्यो रूपान्तरणका लागि उपयुक्त टिमको आवश्यकता छ । त्यो टिममा ऊर्जावान् व्यक्तिको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीको समूह हो । उहाँहरूलाई सहयोग गर्दा देशले निकास पाउँछ’, उनले भने । रवि चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् । कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७