उपनिर्वाचन : तनहुँ–१ मा सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार
sarbendra khanal

तनहुँ । तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन् । आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।

खनालको प्रस्तावकमा र समर्थकमा क्रमशः भगवती न्यौपाने र एकबहादुर राना रहेका छन् । यो क्षेत्रमा कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र रास्वपाबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउँदै छन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७