उपनिर्वाचन : तनहुँ–१ मा गोविन्द भट्टराईको उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार
govinda bhattarai tanahu

तनहुँ । तनहुँ क्षेत्र नम्बर–१ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरिएको छ । यही क्षेत्रबाट नेकपा (एमाले) का सर्वोन्द्र खनालले उम्मेदवारी दर्ता गराइसकेका छन् । गएको मंसिर ४ गते भएको निर्वाचनमा त्यहाँबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७