खनाल आइजीपी बनेको दुई सातामै १७ प्रहरी अधिकृतको सरुवा, आफन्तलाई काफी च्यापेको आरोप (सरुवाको सूचीसहित)


१६ बैशाख २०७५, आईतवार
shailendra khanal igp

काठमाडौं, १६ बैसाख । सशस्त्र प्रहरीको आइजीपीमा शैलेन्द्र खनाल नियुक्त भएको दुई सातामै उनको पहिलो कदम नै आलोचित बन्न पुगेको छ । खनालले आफू नियुक्त भएको आधा महिनामै १७ जना सशस्त्र प्रहरीका अधिकृतहरूको काज सरुवा गरेका छन् । उनको आज सरुवाको निर्णयको अहिले विभिन्न कोणबाट चर्चा भइरहेको छ ।

shailendra khanal igp

तेस्रो नम्बरमा रहेर पनि २८ चैतमा आइजीपी बन्न सफल खनालले प्रशासन विभागमा कार्यरत दुई जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, तीन जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १२ जना सशस्त्र प्रहरी उपरीक्षकको काज सरुवा गरेका हुन् । आइजीपी खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुलबहादुर नेम्वाङको आर्थिक प्रशासन निर्देशनालय र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अभिकुमार खत्रीको महेश्वरी बाहिनीमा काज सरुवा गरेका छन् । नेम्वाङ आर्थिक प्रशासन नबुझेको अधिकृत हुँदाहुँदै पनि आइजीपी खनालले आर्थिक प्रशासन निर्देशनालय ल्याएका हुन् ।

यस्तै सशस्त्र प्रहरी नायव उपरीक्षक क्रमशः कमलप्रसाद तिउसिनाको सशस्त्र प्रहरी महानिरीक्षको सचिवालय, जीवन केसीको कार्य विभाग तथा विपद् व्यवस्थापन महाशाखा र दीपकराज बरालको एपीएफ कमाण्ड तथा स्टाफ कलेज सरुवा भएको छ । खनालले सशस्त्र प्रहरी निरीक्षक रञ्जन बस्नेतलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याएका छन् भने सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटाको राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालयमा काज सरुवा गरेका छन् ।

संगठनको नेतृत्व सम्हालेको आधा महिनामै धमाधम काज सरुवा गर्नु संगठनको हितका दृष्टिले राम्रो नहुने सुरक्षा क्षेत्रका जानकार बताउँछन् । तर, आइजीपी खनालले सशस्त्रका केहि अधिकृतलाई पाखा लगाउँदै आकर्षक मानिने राजश्व भन्सार तथा औद्योगिक सुरक्षा विभाग, महानगरीय सशस्त्र प्रहरी बल, मानव स्रोत विभागलगायतमा आफू निकटका अधिकृतको काज सरुवा गरेको आरोप लागेको छ ।
हेर्नुस् कसको कहाँ भयो सरुवा ?apf 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७