सभामुखले गरे प्रचण्ड, देउवा र ओलीसँग परामर्श


२५ चैत्र २०७९, शनिबार
Devraj prachanda deuwa oli scaled

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका छन् । सभामुखको निमन्त्रणामा छलफलका लागि उनीहरू त्यहाँ गएका हुन् ।

prachanda oli deuwa

छलफलमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

सभामुखको कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूसहित भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अहिले सभामुख घिमिरेको तीन दलका शीर्ष नेतासँग परामर्श जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७