बुर्किना फासोमा दुई चरमपन्थी हमला, ४४ जनाको मृत्यु


२६ चैत्र २०७९, आईतवार
burkina faso 20200105144633 QmH0kYHFk3

बुर्किना फासो । उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी ४४ जनाको मृत्यु भएको छ । एक अधिकारीले यी मृत्युको पुष्टि गरेको खबर बीबीसीमा छ ।

हमला नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा भएका थिए । कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ । अधिकारीहरूले यसको लागि ’सशस्त्र आतंकवादी समूह’ लाई दोष दिएका छन् । चरमपन्थी संगठन अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थी समूहहरू यस क्षेत्रमा सक्रिय छन् । सहेल क्षेत्रका लेफ्टिनेन्ट गभर्नर रोडोल्फो सर्गोले भने, ‘घृणित र बर्बर आक्रमण’को लागि जिम्मेवार आक्रमणकारीलाई निष्पक्ष पारिएको छ ।’

यस हमलामा गाउँका धेरै मानिस घाइते भए पनि उनीहरुको संख्या भने खुल्न सकेको छैन । लेफ्टिनेन्ट गभर्नरले क्षेत्रमा स्थायित्व ल्याउन प्रयास भइरहेको बताए । गाउँका एक बासिन्दाले भने, ‘धेरै संख्यामा आतंककारी गाउँमा प्रवेश गरे र रातभर गोली चल्यो ।’ उनले भने, ’शुक्रबार बिहान हामीले धेरै मानिसको मृत्यु भएको देख्यौं ।’ यी आक्रमणहरू केही दिन अघि गाईवस्तु चोर्न खोजेका दुई जिहादीहरूलाई मारिएपछि भएको भनिएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७