सिटी र मिलान सेमिफाइनलतर्फ अग्रसर, हाल्यान्डको कीर्तिमान


२९ चैत्र २०७९, बुधबार
thumb 4

काठमाडौं । म्यानचेस्टर सिटी र इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार क्वार्टर फाइनल पहिलो लेगमा प्रभावशाली जित निकालेका छन् । यो जितपछि उनीहरू सेमिफाइनलतर्फ अग्रसर देखिएका हुन् ।

सिटीले एतिहाडमा भएको पहिलो लेगको क्वार्टर फाइनलमा बायर्न म्युनिकलाई ३–० ले हरायो । त्यसमा रोड्री, बर्नाडो सिल्भा र इर्लिङ हाल्यान्डले गोल गरे । हाल्यान्डको यो सिजनको ४५ औं गोल गरेर कीर्तिमान बनाएका छन् ।

लिस्वनमा भएको अर्को खेलमा इन्टरले बेनफिकालाई उसकै घरमा २–० ले पराजित गर्‍यो । इन्टरका लागि निकोलो बरेला र रोमेलु लुकाकुले गोल गरे । लुकाकुले पेनाल्टीबाट गोल गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७