‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै


२९ चैत्र २०७९, बुधबार
Newroad team NRT

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार) तीन वटा खेल हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत आज दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब दिउँसो दुई बजे खेल्दै छन् । एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । संकटा ९ अंकका साथ नवौं स्थानमा छ । यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ ।

मनाङ ७ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा छ । सातदोबाटो १३ अंकका साथ चौंथो स्थानमा छ । यस्तै च्यासल मैदानमा एपीएफ क्लब र हिमालयन शेर्पाबीच दिउँसो २ बजे खेल हुनेछ । एपीएफ ७ खेलमा ११ अंक जोडेर सातौं तथा हिमालयन ६ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७