वरिष्ठ उपाध्यक्षतर्फको मतगणना शुरु, अञ्जान श्रेष्ठको शुरुवाती अग्रता


३० चैत्र २०७९, बिहीबार
businessman election 079

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना शुरु भएको छ । हिजो बुधबार साँझ ६ बजे सम्पन्न भएको मतदानको नतिजा आउने क्रम जारी छ । तीन उपाध्यक्ष र सबै केन्द्रीय सदस्यतर्फको नतिजा आइसकेको छ ।

सबैतर्फको नतिजा आयपछि वरिष्ठ उपाध्यक्षको गणना शुरु भएको हो । अहिले एशोसिएटतर्फको गणना चलिरहेको छ । अहिलेसम्म १०० मत गन्दा अञ्जान श्रेष्ठले ४० मत ल्याएर अग्रता लिएका छन् । यस्तै उमेशलाल श्रेष्ठ ३७ मत ल्याउँदा रामचन्द्र संघईले २३ मत ल्याएका छन् ।

fncci election WakE6BYR14

महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ । महासंघमा वस्तुगततर्फ १२३ मतदाता छन् । एशोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता छन् । यता जिल्लानगरका ११८ मतदाता छन् । काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ । अहिलेसम्म एशोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला / नगरतर्फका नजिता आइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७