केन्द्र सरकारविरुद्ध बालेन शाहको आक्रोश : सिंहदरबार र राजधानी अर्कै पालिकामा सार्नुस्


३० चैत्र २०७९, बिहीबार
balendra kqlzDoKC4R

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार र राजधानीलाई अर्कै पालिकामा सार्न चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका हुन् ।
उनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, सँस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’

पछिल्लो समय बालेन शाहले महानगरलाई संघीय सरकारले सहयोग नगरेको भन्दै आक्रोश पोख्दै आइरहेका छन् । यसअघि १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर एक सातादेखि उठाइरहेका छैनन् ।

यस्तोमा बुधबार उनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए । यता मन्त्रिपरिषदको वैठकले भने काठमाडौंका मेयर बालेन शाहको अभिव्यक्ति अराजक र गैरजिम्मेवार भएको भन्दै गम्भिररुपमा ध्यानाकर्ष गराउने बताइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७