सरकारसँगको वार्ता भङ्ग भएको मिटर व्याजपीडितको घोषणा


३० चैत्र २०७९, बिहीबार
Meter byaj 1 scaled
फाइल फोटो

काठमाडौँ । मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारसँगको वार्ता भङ्ग भएको घोषणा गरेको छ ।
आज (बिहीबार) गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भङ्ग गरेको हो ।

सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । पाँच दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भङ्ग गर्नुपरेको मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिएका छन् ।

उनले भने, ‘मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले पाँच दिन वार्ता गर्‍यौं । उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भङ्ग गरेका छौं । उहाँहरुले हामी संवेदनशील भएका छौँ भन्नु भएको छ । हामीले संघर्ष समितिले राखेका ६ बुँदे मागमा छलफल गर्नु भनेका छौँ, उहाँहरुले त्यही कुरा राखि राख्नु भयो ।’
प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७