आत्मघाती गोलले युनाइटेड सेभिल्लासँग बराबरीमा रोकियो


१ बैशाख २०८०, शुक्रबार

काठमाडौँ । युरोपा लिगको क्वार्टर फाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र सेभिल्लाले बराबरी गरेका छन् । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेड सेभिल्लासँग २–२ को बराबरीमा रोकिएको हो । खेलमा सुरुवाती अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा आत्मघाती गोलका कारण बराबरी गर्न पुग्यो ।

खेलको १४औँ मिनेटमा मर्सेल सबिट्जरको गोलमा सुरुवाती अग्रता लिएको थियो । ब्रुनो फर्ननडेजले मिलाइदिएको पासमा सबिट्जरले बललाई पोस्टको गति दिएका थिए । खेलको २१औँ मिनेटमा उनले नै मार्टियलको पासम गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

युनाइटेडका डिफेन्डरबीच तालमेल नमिल्दा पाहुना टोली सेभिल्लाले त्यसको पाइदा लियो । खेलको ८४औँ मिनेटमा मलसियाले बललाई डेभिड डे गियाको अगाडि डाइभर्ट गर्ने क्रममा बलले पोष्टको गति लिदै गोलमा परिणत भएको थियो ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा युसेफ एन नेसिरिको अफ टार्गेट हेडर ह्यारी मागुइरेले डि गियालाई छाड्दा दोस्रो उपहार गोलमा परिणत भयो । क्वार्टर फाइनलको पहिलो लेगमा बराबरी गरेसँगै सेमिफाइनल प्रवेशका लागि युनाइटेडले थस सर्घष गर्नुपर्ने भएको छ । मार्टिनेज घाइते भएपछि युनाइटेडमाथि थप दबाब बढेको छ ।

क्वार्टरफाइनलकै पहिलो लेगमा युभेन्टसले स्पोर्टिङलाई तथा फेयोनोर्डले रोमालाई १–० ले हराएका छन् । अर्को खेलम बायन लिभरकुसेन र युनियन सेन्टल एक एक गोलको बराबरी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७