एक लाख पुरस्कारको ‘सेभेन ए साइड फुटबल’ उपाधि बौद्ध युवा क्लबले जित्यो


२ बैशाख २०८०, शनिबार
riverside 71681484189

म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटमा आयोजना गरिएको एक लाख पुरस्कार राशिको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लब बेनी मङ्गलाघाटले जितेको छ ।

नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार साँझ भएको फाइनल खेलमा रिभरसाइड युवा क्लबलाई चारका विरुद्ध तीन गोलले पराजित गर्दै वौद्ध युवा क्लब विजेता बन्न सफल भएको हो ।

चैत २८ गतेदेखि चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका गरी २२ टिम सहभागि भएका थिए । प्रतियोगितामा प्रथम हुने बौद्ध युवा क्लबले रु एक लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता वनेको रिभर साइड युवा क्लबले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७