भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा


४ बैशाख २०८०, सोमबार
bijaya chauthaiwal

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन् ।
सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडक मार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरेका छन् । चौथाइवालेले आज (सोमबार) मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र आज नै काठमाडौं पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७