अमेरिकामा नेपाली विद्यार्थीलाई छात्रवृत्रि रोकियो, नेपाली विद्यार्थी तनावमा


१८ बैशाख २०७५, मंगलवार
University of Texas at Tyler
University of Texas at Tyler

काठमाडौं, १८ बैसाख । संयुक्त राज्य अमेरिकाको टेक्सास टायलर विश्व विद्यालयबाट नेपाली विद्यार्थीहरुलाई उपलब्ध हुँदै आएको छात्रवृति सुविधा रोकिएको छ । जसका कारण प्रक्रियामा रहेको धेरै नेपाली विद्यार्थी तनावमा परेका छन् ।

University of Texas at Tyler
University of Texas at Tyler

संयुक्त राज्य अमेरिकाको टेक्सास टायलर विश्व विद्यालयबाट पूर्ण छात्रवृतिको इमेल प्राप्त गर्दा सिरिया अधिकारी र उनको परिवारलाई उत्साहित बनाएको थियो । तर, अहिले उनीहरु निरास छन् । उक्त इमेलमा सिरियाले चार वर्षका लागि पूर्ण छात्रवृत्ति पाएको उल्लेख गरिएको थियो । उनलाई राष्ट्रपति फेलो छात्रवृत्तिमा २० हजार ९ सय ६८ अमेरिकी डलर बराबरको छात्रवृत्ति प्राप्त भएको थियो ।

विश्व विद्यालयले ५४ जना विद्यार्थीको छात्रवृत्ति स्थगित गरेपछि उनीहरूमा नैराश्यता छाएको छ । विश्व विद्यालयले ९८ विदेशी विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेकोमा उक्त कोटा घटाउँदा ५४ जना नेपाली विद्यार्थी त्यसको शिकार हुने भएका छन् । जसका कारण ती विद्यार्थीहरू मानसिक तनावमा परेका छन् । अधिकारी ५४ विद्यार्थीहरूमध्येकी एक हुन् । जो छात्रवृत्तिको अवसरबाट वञ्चित हुनुप¥यो । विश्वविद्यालयले भने रकम सीमित भएकाले पूर्व निर्णय गरिएका सम्पूर्णलाई छात्रवृत्ति प्रदान गर्न नसकेको उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७