मिटर ब्याजपीडितमाथिको दमनविरुद्ध नागरिक समाजको ‘मार्चपास’


६ बैशाख २०८०, बुधबार
brihat nagarik aandolan 3.jpg .2023 04 19

काठमाडौं । बृहत् नागरिक आन्दोलनले मिटर ब्याजपीडितमाथि भएको दमनविरुद्ध खबरदारी गर्दै मार्च गरेको छ । पीडितमाथि भएको प्रहरी दमनको विरोधमा अभियानले बुधबार शान्तिबाटिकादेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको हो । श्याम श्रेष्ठ, खगेन्द्र संग्रौलालगायत नागरिक अगुवाले पीडितसँगै मार्चपास गरेका थिए ।

सोमबार भद्रकाली आसपास प्रदर्शनको तयारी गरिरहेका मिटर ब्याजपीडितलाई प्रहरीले शान्तिबाटिकामै रोक्न खोज्दा झडप भएको थियो । यसलाई लिएर पीडितहरुले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए ।

दमनबारे छानबिनका लागि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटर ब्याजपीडितहरुले दैनिक प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७