घुससहित समातिएका मालपोतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा


७ बैशाख २०८०, बिहीबार
akhtiyar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू–सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध आज (बिहीवार) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको हो । नासु पंडित र कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा फागुन १८ गते नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७