गुल्मीमा डढेलोमा परेर जलेका अर्का एक जनाको पनि मृत्यु


९ बैशाख २०८०, शनिबार
dadhelo 1682050318

गुल्मी। गुल्मीमा डढेलोमा परेर जलेका अर्का एक जनाको पनि मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडानम्बर–३ स्थित हाडहाडे बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको हो ।

गत बिहीबार धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर गम्भीर घाइते भएका थिए । उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाण्डेले बताए ।

यसअघि सोही जंगलमा लागेको डढेलो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७