एसीसी प्रिमियर कप : सेमिफाइनल प्रवेशका लागि साउदी अरबसँग भिड्दै नेपाल


११ बैशाख २०८०, सोमबार
nepali cricket team

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज (सोमबार) नेपालले साउदी अरबसँग खेल्दैछ । नेपाल र साउँदी अरबबीचको खेल आज बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल पहिलो पटक मुलपानीमा खेल्न लागेको हो ।

नेपाल र साउदी अरब ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि सन् २०१२ मा दुई देश भिडेका थिए । जसमा नेपालले साउदी अरबलाई नौ विकेटले पराजित गरेको थियो ।

दुवै देशले खेलका पछिल्ला पाँच खेलमा पनि नेपाल बलियो देखिएको छ । नेपालले पाँचमध्ये चार खेल जितेको छ भने साउदीले पाँचमध्ये तीन खेल जितेको छ । एसीसी प्रिमियर कपमा पनि नेपाल समूह ‘ए’ को शीर्षस्थानमा छ । नेपालले दुवै खेल जितेर चार अंक बटुलेको छ भने साउदी अरबले एक खेल मात्रै जितेर दुई अंक जोडेको छ ।

नेपालले यसअघिका दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएका थिए । पहिलो खेलमा मलेशियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनलाई ८४ रनले पराजित गरेको थियो । आज हुने तेस्रो खेल जितेमा नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ । आजै त्रिवि क्रिकेट मैदानमा समूह ‘बी’ का हङकङ र बहराइन प्रतिस्पर्धा गर्नेछन् । हङकङ चार अंकसहित शीर्षस्थानमा छ भने बहराइन दुई अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७