एसीसी प्रिमियर कप : आज मलेसिया र कतार तथा कुवेत र सिंगापुर भिड्दै


१२ बैशाख २०८०, मंगलवार
FufvsSUaUAEkZ a

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार दुई खेल हुँदैछन् । मुलपानी मैदानमा मलेसिया र कतारबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।

प्रतियोगिताबाट बाहिरी सकेको मलेसियाले आफ्नो अन्तिम खेलमा जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । यस्तै, प्रतियोगिताबाट बाहिरिसकेको कतार मलेसियालाई हराएर जितको खाता खोल्न चाहन्छ ।

यस्तै कीर्तिपुरस्थित टियु मैदानमा कुवेत र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । सिंगापुरलाई हराएर कुवेत सेमिफाइनलमा पुग्ने झिनो सम्भावना कायम राख्न चाहन्छ । यस्तै, प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुर अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७