एस्टन भिल्ला पाँचौ स्थानमा, फुलहम पराजित


१३ बैशाख २०८०, बुधबार
villa

काठमाडौं । प्रिमियर लिगमा मंगलबार राति एस्टन भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको छ । यो जितसँगै भिल्ला पाँचौ स्थानमा उक्लेको छ र सन् २०१० पछि पहिलो पटक युरोपियन प्रतियोगिता खेल्ने सम्भावनालाई कायम राखेको छ ।

घरेलु मैदान भिला पार्कमा भएको खेल भिल्लालाई जिताउन टाइरोन मिङ्ग्सले २१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जितपछि ३३ खेलबाट ५४ अंक जोडेर भिल्ला पाँचौ स्थानमा उक्लेको छ । तेस्रो स्थानको न्युकासल र चौथो स्थानको म्यानचेष्टर युनाइटेडभन्दा भिल्ला पाँच अंकले पछि छ ।

फुलहम ३२ खेलबाट ४५ अंकसहित नवौं स्थानमा छ । लिगकै अन्य खेलमा वल्भसले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दा लेस्टर सिटी र लिड्स युनाइटेडले १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७