नेपालले कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य


१४ बैशाख २०८०, बिहीबार
nepal all out

काठमाडौँ । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले कतारसामु १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १५७ रन बनाउँदा अलआउट भयो ।

खराब प्रर्दशन गरेको नेपालका नौ ब्याटर क्याच आउट भए । कतारको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्दततमा ४२ रनमा नटआउट रहे ।

सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो । अन्तराष्ट्रिय कुनै पनि प्रतियोगिताको उच्च प्रर्दशन गरेका बनाएको यो नै सर्वाधिक रन हो । यसअघि उनले फस्ट क्लास खेलमा एमसीसीविरुद्ध कीर्तिपुर मैदानमा ३९ रन बनाएका थिए ।
त्यसघि कप्तान रोहित पौडेलले २७ रन बनाए। आशिफ शेखले १९ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे । सोमपाल कामी र आरिफ शेखले समान ११ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालले पावर प्ले मा नै दुई ब्याटरलाई गुमाउँदै ४६ रन बनाएको थियो ।
२६ बलको सामना गरेका रोहित लामो सट खेल्ने धुनमा रहँदा ओवाइस अहमदको बलमा क्याच आउट भए। आशिफ २७ बलमा २ चौका मद्दतमा १९ रन बनाउँदा क्याच आउट भए ।

नेपालले ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा मुनाविरको बलमा खुराम सहजादको हातबाट २ रनमा क्याच आउट भए । भीम सार्की ६ रन बनाउँदा मुनाविरको बलमा नै क्याच आउट भए। कुशल मल्ल ३ रनमा क्याच आउट भए । गुलसन झा ७ रनमा क्याच आउट भए । कतारका अमिर फरुकले सर्वाधिक ४ विकेट लिए । ओवाइस अहमदले ३ तथा गयन मुनाविरले दुई तथा इक्रमुल्लाह खानले एक विकेट आफ्नो नाममा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७