सन्दीपको ‘अलराउण्ड’ प्रदर्शनमा नेपाल कतारलाई हराउँदै सेमिफाइनलमा


१४ बैशाख २०८०, बिहीबार
nepal 1024x624 1

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेता बनेको छ । आज (बिहीबार) भएको खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।

नेपालले दिएको १५८ रनको मध्यम लक्ष्य पछ्याएको कतार ओभरमा रन बनाउँदा अलआउट भयो । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५ /१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयो । नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए ।

नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेको हो । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो भने तेस्रो खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यही समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै समूह ’बी’ बाट यूएई सेमिफाइनल पुगिसकेको छ । अहिले भइरहेको हङकङ र कुवेतबीचको खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टोली बन्ने छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ’बी’ को उपविजेतासँग खेल्ने छ । यस्तै दोस्रो सेमिफाइनलमा समूह ’बी’ को विजेताले समूह ’ए’ को उपविजेतासँग खेल्ने छ ।

सेमिफाइनल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७