एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने


१४ बैशाख २०८०, बिहीबार
nepal vs qatar2023 04 27 02 04 28

काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने भएका छन् । आज (बिहीबार) मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो ।

आजै त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कतारलाई हराउँदै नेपाल समूह ‘ए’ को विजेता बनेको थियो । यस्तै अर्काे सेमिफाइनलमा समूह ’बी’ को विजेता यूएईले समूह ‘ए’ को उपविजेता ओमानसँग खेल्ने भएको छ ।

दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचको खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७