रणवीरको फिल्ममा नेपालका टंक धमला


१५ बैशाख २०८०, शुक्रबार
ranbir tanka

मुम्बई । बलिउड अभिनेता रणवीर कपुरको फिल्म एनिमलमा नेपाली मुलका टंक धमलाले अभिनय गरेका छन् । लियो ट्याङ्कको उपनामले चिनिने अभिनेता टंक धमलाले हालै भारतीय चलचित्र एनिमलमा अभिनय गरेका हुन् ।

गिल्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा छायाङ्कन उनले पुरा गरेका छन् । चलचित्रमा अभिनेता रणवीर कपुर, बबि देओल, अनिल कपुर, तृप्ति डिम्री, रश्मिका मन्दना आदि कलाकारले अभिनय गरेका छन् ।
‘झण्डै दुई साता छायाङ्कन भयो । बलिउडका प्रसिद्ध कलाकारसँग काम गर्दा मैले सिक्ने अवसर पनि पाएँ’, अभिनेता धमलाले भने, ‘म एजेन्सीमार्फत चलचित्रमा छानिएको हुँ । अभिनेता बबि देओलका भाइको भूमिका निर्वाह गर्न पाएँ, आत्मविश्वास बढेको छ ।’

अभिनेता धमलाले बेलायतमा बस्छन् । उनले बेलायतको तालिममा सहभागी भएर अभिनय गरेका हुन् । लण्डनमा पेसाले चार्टर्ड एकाउण्टेण्ट टंकले यसअघि नेपाली तथा ब्रिटिस चलचित्र, विज्ञापन, भिडियोमा काम गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७