पौडी खेल्ने क्रममा बालिकाको पोखरीमा डुबेर मृत्यु


१७ बैशाख २०८०, आईतवार
dubera
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ११ वर्षीया बालिकाको ज्यान गएको छ । मकवानपुरको बकैया गाउँपालिका–७ हात्तीखोलास्थित सार्वजनिक जग्गामा सिँचाइका लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने रामकुमार राईकी ११ वर्षीया छोरी बिनिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो पौडी खेल्न जाने क्रममा पोखरीमा डुबेकी बलिकालाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि बकैया आधारभूत स्वास्थ्य केन्द्र छतिवन पठाएको र बालिकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७