हेटौंडामा सर्पले डसेर एक जनाको मृत्यु


१८ बैशाख २०८०, सोमबार
snack

मकवानपुर । मकवानपुरको हेटौंडामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । आइतबारहेटौंडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार कँडेलले घर नजिकै रहेको जङ्गलबाट आफैले सर्प ल्याएका थिए । उक्त सर्प खेलाउने क्रममा सर्पले दाहिने हातको माझी औंलामा टोक्दा गम्भीर बिरामी भई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक कार्कीले जानकारी दिए । कँडेलले कहिलेदेखि सर्प घरमा ल्याएका थिए र उक्त सर्प कुन जातको थियो भन्नेबारे खुल्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७