रविजीलाई रोजेकै मन्त्रालय दिन अहिले सहज छैन : प्रधानमन्त्री


१८ बैशाख २०८०, सोमबार
Pachanda chitwan 1

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन अहिले सजिलो नरहेको बताएका छन् ।

Pachanda chitwan 2

चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अहिले रवि लामिछानेले रोजेको मन्त्रालय दिन नसक्ने स्पष्ट पारेका हुन् ।
‘उहाँले स्वभावैले पहिलाको मन्त्रालय खोज्नु अस्वभाविक चाहिँ होइन । मलाई लाग्दैन उहाँ त्यसमै अडिग हुनु हुन्छ । तर अहिले उहाँले रोजेकै मन्त्रालय दिने अवस्था छैन । मैले यता गठबन्धनमा पनि सल्लाह गर्नुपर्छ । हामी सल्लाह गरेर टुंगो लगाउँछौँ । रोजेकै मन्त्रालय दिने भन्ने कुरा त्यति सहज छैन,’ प्रधानमन्त्रीले भने ।

लामिछानेले यही मन्त्रालय चाहिन्छ भनेर दाबी नगरेको पनि प्रचण्डले बताएका । उनले मन्त्रालय नपाएकै खण्डमा रास्वपाले सरकारको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७