दार्चुलाको ब्यासमा हिमपहिरो


१९ बैशाख २०८०, मंगलवार
himpahiro GvatFkAF9c
फाइल फोटो

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिनमा हिम पहिरो गएको छ । मंगलबार अपराह्न गएको हिमपहिरोमा स्थानीयहरू पुरिएको आशंकामा उद्धारका लागि प्रहरी टोली खटिएको छ ।

यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको सूचनाका आधारमा छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट ३० जना उद्धारका लागि खटिएका हुन् । यार्सागुम्बा टिप्न गएकाहरू बसेको त्रिपाल बगाएको र त्यसमा कति जना थिए भन्ने खुल्न सकेको छैन । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८÷९ जना त्रिपाल टाँगेर बसेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७