रवि लामिछानेलाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : अध्यक्ष नेपाल


२१ बैशाख २०८०, बिहीबार
madhav
फाइल फोटो

कैलाली । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । आज (बिहीबार) कैलालीमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव आफूले दिएको बताएका छन् । ‘हामीले त ल्याउनु पर्छ भनेका छौँ । शेरबहादुरजी र प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ भनेको छु’, उनले भने ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकमा पनि त्यसबारे कुराकानी भएको उनले बताएका छन् । चुनाव पहिले पनि ल्याउने कुरा भएको थियो । भए पनि लागु हुन नसकेको बताउँदै अब ल्याउनेबारे छलफल हुने उनको भनाइ छ ।

उनले रास्वपाका सभापति रवि लामिछानेलाई नेकपा (एमाले) ले प्रधानमन्त्रीको अफर गरेको भन्ने विषयमा उनले हल्लाहरू भइरहने बताए । ‘प्रधानमन्त्रीको अफर भयो । के भए भएनन् । यस्ता कुरा भइरहन्छन् । हल्ला–हल्ला हुन्छन् । मलाई कसैले भनेको छैन’ उनले भने ।

लामिछानेको नागरिकता र पासपोर्टको मुद्दा रहेकाले गृह मन्त्रालयको जिम्मा दिन मिल्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने, ‘पदको दुरुपयोगका काम गर्न पाइँदैन । उहाँसँग जोडिएका विषयमा सिधै मेरो मुख नखोलाउँदा राम्रो हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७