बेङ्लोरले हैदराबादलाई हरायो, कोहलीको शतक


५ जेष्ठ २०८०, शुक्रबार
Kohli 42 hWJd22hZET

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ । जितसँगै बेङ्लोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितका लागि १८७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले १९ ओभर २ बलमा २ विकेट गुमाउँदै भेट्टायो । उसका ओपनर विराट कोहलीले शतकीय पारी खेले । कोहलीले ६३ बलमा एक सय रन जोडे ।

त्यस्तै, फाफ डु प्लेसिस ७१ रनमा आउट भए । ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा अविजित रहे । हैदराबादका टी नटराजन र भुवनेश्वर कुमारले समान एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

हैदराबादका हेनरिक क्लासेनले ५१ बलमा सर्वाधिक १०४ रन बनाए । क्लासेनको आईपीएलमा पहिलो शतक पनि हो । ह्यारी ब्रुक २७ रनमा अविजित रहे । कप्तान एडेन माक्ररम १८ रनमा आउट भए । ओपनर अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भएका थिए ।

बेङ्लोरका माइकल ब्रेसवेलले २ विकेट लिए । मोहम्मद शिराज, हर्षल पटेल र शहबाज अहमदले समान एक-एक विकेट लिए । बेङ्लोर १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको छ । समान १३ खेलमा ८ अङ्क रहेको हैदराबाद पुछारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७