मेक्सिकोमा अपहरणमा परेका ४० आप्रवासीसहित ४२ जनाको उद्धार


५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । मेक्सिकोमा बसमा यात्रा गर्ने क्रममा यसै हप्ता अपहरणमा परेका ४० आप्रवासीसहित ४२ जनाको उद्धार गरिएको छ ।

उत्तर–पूर्वी मेक्सिकोको एक राजमार्गमा यात्रा गरिरहेका ४० जना आप्रवासी र दुई जना चालक यसै हप्ता अपहरणमा परेका थिए । दक्षिणी मेक्सिकोबाट ग्वाटेमालाको सीमातर्फ लागेका त्यही समूहका अन्य नौ जनालाई भने अपहरणकै दिन उद्धार गरिएको एएफपीले जनाएको छ ।

राष्ट्रिय सुरक्षा गार्डका सदस्यहरूले मङ्गलवार र बुधवार बाँकी ३३ जनालाई फेला पारेका राष्ट्रिय रक्षामन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभालले बताएका छन् । उत्तर–पूर्वी राज्य नुएभो लियोनका अधिकारीहरूका अनुसार उद्धार गरिएका नौ जना भेनेजुएला र होन्डुरसका १८ देखि ३५ वर्ष उमेर समूहका नागरिक रहेका एएफपीले जनाएको छ ।

नेसनल कन्फेडेरेसन अफ मेक्सिकन ट्रान्सपोर्टका अनुसार अपहरित व्यक्तिसँग प्रतिव्यक्ति एक हजार ५०० अमेरिकी डलरका दरले फिरौतीको माग गरिएको थियो । आफ्नो देशमा हिंसा र गरिबी बढेपछि भागेका हजारौं आप्रवासी अमेरिकी सीमा पार गर्ने क्रममा मेक्सिको पुग्ने गरेका र त्यहाँ आपराधिक गिरोहले अपहरण र शोषण गर्ने गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७