राजस्थान विजयी, पन्जाब प्लेअफको दौडबाटै ‘आउट’


६ जेष्ठ २०८०, शनिबार
ipl 6LwEttFnTY

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराएको छ ।
गए राति हिमाञ्चल प्रदेशको धरमशालामा भएको खेलमा १८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका देवदत्त पडिक्कल र यशस्वी जैसवालले अर्धशतक बनाए । पडिक्कलले ५१ र जैसवालले ५० रन जोडे । शिमरोन हेटमारले ४६ रन बनाए ।

पन्जाबका कागिसो रवाडाले २ तथा साम करन, अर्शदिप सिंह, नाथन एलिस र राहुल चहारले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । उसका साम करनले अविजित ४९ रन बनाए । त्यस्तै जितेश शर्माले ४४ तथा शाहरुख खानले अविजित ४१ रन जोडे ।

राजस्थानका नवदीप सैनीले तीन विकेट लिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १÷१ विकेट लिए । जितसँगै राजस्थानको १४ खेलमा १४ अंक भएको छ । राजस्थान तालिकाको पाँचौ स्थानमा छ । समान खेलमा १२ अंक रहेको पञ्जाब आठौँ स्थानमा छ । यस्तो अवस्थामा पञ्जाब प्लेअफको दौडबाट बाहिरिएको छ । प्लेअफमा प्रवेश गर्न राजस्थानले अब मुम्बईको हार र बेंगलुरुको ठूलो हारको लागि प्रार्थना गर्नुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७