बझाङमा हिमपहिरो : तीन जना बेपत्ता, दुई घाइते


७ जेष्ठ २०८०, आईतवार
himpahiro GvatFkAF9c
फाइल फोटो

बझाङ । बझाङमा हिमपहिरोमा परेर तीन जना बेपत्ता छन् भने दुई जना घाइते छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरोमा परी दुई जना घाइते र तीन जना बेपत्ता भएको खबर प्राप्त भएको बझाङ प्रहरीले जनाएको छ ।

हिमपहिरोमा पुरिएर तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिए । तर, घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनले बताए ।

उनकाअनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ । हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको बुझिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७