बायर्नलाई उछिन्दै डर्टमुन्ड शीर्ष स्थानमा


८ जेष्ठ २०८०, सोमबार
thumb 7

काठमाडौं । बोरुसिया डर्टमुन्ड जर्मन बुंडेसलिगा उपाधि जित्नेबाट आइतबार एक जित टाढा पुगेको छ । उसले १० खेलाडीमा सीमित असबर्गलाई ३–० ले हरायो र शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।

त्यस अगाडि बायर्न आरबी लाइपजिगसँग ३–१ ले पराजित भएको थियो र यससँगै उसको उपाधि रक्षा गर्ने सम्भावना कमजोर भएको थियो । लिगमा अन्तिम चरणको खेल बाँकी छँदा डर्टमुन्डको ७० अंक छ भने बायर्न ६८ अंकमा रह्यो ।

अन्तिम दिनको खेलमा बायर्नले शनिबार कोल्नको सामना गर्नेछ । त्यही दिन र समय डर्टमुन्डले घरमा मेन्जसँग भिड्नेछ । डर्टमुन्डले अन्तिम पटक सन् २०११–१२ मा लिग जितेको थियो । बायर्नले भने पछिल्ला १० सिजन लगातार लिग जितेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७