म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित


१५ जेष्ठ २०८०, सोमबार
Capture SXFqZcAaQA

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ । गए राति भएको खेलमा सिटीलाई ब्रेन्टफोर्डले १–० गोल अन्तरले हराएको हो ।

यस्तै, अरु खेलमा आर्सनल, एस्टोन भिल्ला, एभर्टन, टोटनह्याम, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडले फुलहम, लेस्टरले वेष्ट ह्याम र एस्टन भिल्लाले ब्राइटनलाई समान २–१ गोल अन्तरले हराएका हुन् भने लिड्स युनाइटेड टोटनह्यामसँग ४–१ गोल अन्तरले पराजित भयो ।

त्यसैगरी, आर्सनलले वुल्स्लाई ५–० गोलले र एभर्टनले बर्नमाउथलाई १–० गोलले हराए । यस्तै, साउथह्याम्टन र लिभरपुलले ४–४ गोलको बराबरी खेले भने चेल्सी र न्युक्यासल तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेले ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७