राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण


१७ जेष्ठ २०८०, बुधबार
ram chandra poudel 2
फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

‘नागरिकता विधेयकले वैधानिकता पायो’, स्रोतले भन्यो, ‘राष्ट्रपति ज्यूले विधेयक प्रमाणीकरण गर्नुभयो ।’ यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट दुई–दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिदिँदा नागरिकता विधेयक शीतल निवासमा थन्केर बसेको थियो । वर्तमान सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७