हिंडिरहेकी महिलाको सुनको सिक्री लुटेको आरोपमा पक्राउ


१७ जेष्ठ २०८०, बुधबार
Bishnu Bahadur Lama arrested 1024x730 1

काठमाडौँ । सडकमा पैदल हिँड्दै गरेकी एक महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ बस्ने पाण्डे भन्ने विष्णु तामाङ रहेका छन् ।

गत चैत १७ गते काठमाडौँ महानगरापलिका–३२ स्थित पेप्सीकोलामा गेटवे मन्टेस्वरी स्कुल अगाडि भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ बस्ने मनमाया छुजुले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री पछाडिबाट २ सय सिसीको पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले लुटेर फरार भएका थिए ।

घटनापछि फरार रहेका मोटरसाइकल चालक तामाङलाई प्रहरीले काठमाडौँको जोरपाटीबाट मंगलबार पक्राउ गर्न भएको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७