सुनकोशी नदिमा गाडी खस्यो, तीन जना बेपत्ता


१९ जेष्ठ २०८०, शुक्रबार
Sunkoshi Marin Diversion

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोरमा गाडी सुनकोशी नदिमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

गोलन्जोर गाउँपालिका–७ खुर्कोट लौकुनबाट सीटिइभीटिको सरकारी गाडी सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

गाडीमा रहेका तीन जना बेपत्ता भएका छन् भने गाडीका चालक पौडिएर निस्कन सफल भएको प्रहरीले जनाएको छ । गाडी नम्बर खुल्न र थप विवरण आउन बाँकी रहेको एसपी सिलवालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७