रायमाझी, खाँणसहित १८ अभियुक्तलाई लगियो अदालत


२१ जेष्ठ २०८०, आईतवार
Top Bahadur

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहसका लागि अभियुक्तहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । आज (आइतबार) उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो ।

थुनछेक बहसका लागि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १८ अभियुक्तलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान लिएपछि आजदेखि थुनछेक बहस हुँदैछ ।

थुनछेक बहसपछि अभियुक्तलाई पुर्पक्षका लागि जेलमा पठाउने /नपठाउने भन्ने बारेमा अदालतबाट आदेश हुनेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष रायमाझी, खाँणसहित निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत १८ अभियुक्तको बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ र फरारसहित ३० जनाविरुद्ध यही जेठ १० गते २७ करोड ५० लाख रुपैयाँ बिगो माग–दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७