तपोभूमि खप्तडमा आध्यात्मिक सम्मेलन सुरु (फोटो फिचर)

खप्तड अब ‘खप्तड विकास कोष’ मा परिणत हुनेछ : प्रधानमन्त्री


२३ जेष्ठ २०८०, मंगलवार
khaptad 13

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् ।
खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने बताए ।

खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकै पटक यसको विश्वव्यापी प्रचार हुन्छ । विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नु हुनेछ । त्यसपछि पर्यटकको ओइरो लाग्नेछ ।’

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद खप्तड पुगेका हुन् । सम्मेलनमा भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण लगायत सहभागी छन् । खप्तड तपोभूमिका रुपमा परिचित छ । तस्वीरहरु : प्रदीपराज वन्त

Khaptad prachanda 1
Khaptad prachanda 2
Khaptad prachanda 3
Khaptad prachanda 4
Khaptad prachanda 5
Khaptad prachanda 6
khaptad 1
khaptad 2
khaptad 3
khaptad 4
khaptad 5
khaptad 6
khaptad 7
khaptad 8
khaptad 9
khaptad 10
khaptad 11
khaptad 12
khaptad 13
khaptad 14

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७