नागरिकता नपाउँदाको पीडा मलाई साँच्चीकै थाहा छ : रवि लामिछाने


२५ जेष्ठ २०८०, बिहीबार
Rabi Lamichhane scaled

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले नागरिकता विधेयकमा जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाका सन्तानले नागरिकता पाउने प्रक्रियामा विभेद गरिएको बताएका छन् ।

आज (बिहीबार) संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै रास्वपा सांसद लामिछानेले एकल महिलाका सन्तानले नागरिकता पाउने प्रक्रिया गलत भएको बताए । उनले नागरिकता विधेयकका बारेमा नभइ वैवाहिक अंगिकृतका बारेमा मात्रै पार्टीले छलफल गर्न खोजेको बताएका छन् । एकल आमाहरुका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नै नखुलेको स्वघोषणा गर्नुपर्ने प्रावधान गलत भएको उनको भनाइ छ ।

उनले भने, ‘जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल महिलाका सन्तानको नागरिकताको अधिकार समान हुनुपर्छ । मात्र वैवाहिक अंगिकृतका बारेमा मौन रहेकाले यसबारे छलफल गर्न खोजिएको हो । एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नै नखुलेको स्वघोषणा गर्नुपर्ने प्रावधान हाम्रा आमा दिदीबहिनीको आत्मसम्मान विपरीत छैन यो ?’
उनले नागरिकता नपाउनुको वास्तविक पीडा आफूले भोगेको बताए ।

उनले नागरिक विधेयक गलत बाटोबाट प्रमाणीकरण भएको आपत्ति जनाए । ‘जसरी जुन बाटोबाट प्रमाणीकरण भयो जम्मा आपत्ती यति मात्रै हो । गलत बाटोबाट गएकाले गलत मानिसको पुत्ता जलाइएको छ, उनले भने, ‘विधेयक संसदमा आएको भए छलफल गथ्र्यौ ।’

रास्वपा सभापति लामिछानेले नागरिकता विधेयकका सम्बन्धमा आफ्नो पार्टी कुनै समुदायको विरुद्धमा नलागेको स्पष्ट पारे। यस विषयमा जबरजस्ती विवादित कुरा उठाएर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको उनको भनाइ छ । उनले रास्वपा प्राकृति विपत्ति, वैदेशिक रोजगारीका समस्या र मिटर ब्याज जस्ता विषयमा आवाजविहीन मधेशी जनताको पक्षमा रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७