आजदेखि ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ हलमा


२६ जेष्ठ २०८०, शुक्रबार
welcome to hemjakot

काठमाडौँ । आज (शुक्रबार) एकसाथ दुई नयाँ नेपाली फिल्म ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ रिलिज भएको छ । फरक कथामा बनेको यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

‘नीरफूल’ भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्षको कथा हो, भने ‘वेलकम टु हेम्जाकोट’ले बेरोजगार ४ युवाको कथा पेस गरेको छ । दुवै फिल्म राम्रो भएको र राम्रो व्यवसाय गर्ने दाबी निर्माण युनिटको छ ।
‘वेलकम टु हेम्जाकोट’
चार बरोजगारको कथामा कमेडी मिश्रण गरिएको फिल्म हो ‘वेलकम टु हेम्जाकोट’ । क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानी छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मि भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामा लगायत कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको गरेका हुन् ।

‘नीरफूल’

‘नीरफूल’ फुलमान वलले निर्देशन गरेको फिल्म हो । २०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीलगायतको अभिनय छ । फिल्मले भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्ष समेत भन्छ ।

धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छ । फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।
नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिनेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७