एगा स्वाइन्टेकले जितिन् फ्रेन्च ओपनको उपाधि


२८ जेष्ठ २०८०, आईतवार
ega UVmjYS2zfl

काठमाडौँ । विश्व नम्बर १ खेलाडी एगा स्वाइन्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । यसअघि २०२० र २०२२ मा पनि इगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् ।

गए राति भएको फाइनल खेलमा पोल्याण्डकी इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । एगाले तीन सेटको फाइनल खेल ६–२, ५–७ र ६–४ ले जितिन् । पुरुषतर्फको उपाधिका लागि आज सर्बियाका नोभाक जोकोभिक र नर्वेका क्यास्पर रुडबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७