जोकोभिचले जिते २३ औं ग्रान्ड स्लाम, बनाए कीर्तिमान


२९ जेष्ठ २०८०, सोमबार
thumb 1

काठमाडौँ । नोभाक जोकोभिचले आइतबार कीर्तिमानी २३ औं ग्रान्ड स्लाम टेनिसको उपाधि जितेका छन् । उनले यसका लागि फ्रेन्च ओपनको फाइनलमा नर्वेका कास्पनर रुदलाई सजिलै ७–६ (७÷१), ६–३ र ७–५ ले पराजित गरे ।

पहिलो सेटमा केही संघर्ष गरेका ३६ वर्षीय जोकोभिचले त्यसपछिका दुई सेट भने सजिलै जिते । यस उपाधिसँगै सर्बियाली खेलाडीले राफेल नाडालले भन्दा बढी ग्रान्ड स्लाम उपाधि जितेका छन् ।

यसै क्रममा उनी चार ग्रान्ड स्लाम उपाधि कम्तीमा तीन–तीनपल्ट जित्ने पहिलो खेलाडी पनि बने । रुदले भने अहिलेसम्म खेलका सबै तीन ग्रान्ड स्लाम फाइनलमा हार बेहोरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७