‘सेटिङ’ मिलाएर कमाइ हुने ठाउँमा रहेका २८ अधिकृतको उपत्यका बाहिर सरुवा


३२ जेष्ठ २०८०, बिहीबार
NARAYANKAJI SARUWA mmNI8pRyoT

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यका बाहिर ठूलो संख्याका शाखा अधिकृत सरुवा गरेका छन् । गृह मन्त्रालयले बुधबार लामो समयदेखि कमाइ हुने ठाउँमा रहेका २८ जना शाखा अधिकृतको सरुवा गरेर उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रका २३ जिल्ला पठाएको हो ।

सरुवा भएकामा २३ जना त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा कार्यरत छन् । ५ जना सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका पनि उपत्यका बाहिर खटाइएका छन् । काठमाडौँ बाहिर नजान शक्ति प्रयोग गर्ने कर्मचारीलाई खटाएकै ठाउँमा पठाउने निर्णय गरेको हो ।

सरुवा भएका कर्मचारीलाई बिहीबार गृहमन्त्री श्रेष्ठले बोलाएर जनताको काममा लाग्न निर्देशन दिएका छन् । ‘कुनै शक्तिकेन्द्र, मन्त्री, सचिव, कर्मचारी प्रशासन वा कुनै दलका मुख्य नेताबाट खटाएको ठाउँमा नगइ यतै बस्ने कल्पना नगर्नुहोला,’ मन्त्री श्रेष्ठले निर्देशन दिँदै भने, ‘त्यो बाटो बन्द भइसक्यो, अब पावर सेन्टर धाउन छोड्नुस्, खटाएको जिल्ला गएर जनताको सेवा गर्नुस् ।’ ‘सेटिङ मिलाएर अध्यागमन र एयरपोर्टलगायतका सहज ठाउँमा बसिरहेकाको भ्याली बाहिर सरुवा भएको हो,’ स्रोतले भन्यो, ‘गृहको आदेश नमान्ने कर्मचारीलाई मन्त्रीले निर्देशन दिनु भएको छ ।’

उनीहरुलाई रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, ओखलढुंगा, बाँके, पर्सा, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, कपिलवस्तु, सोलुखुम्बु, प्युठान, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ लगायत जिल्लाका जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७